Sagun Khabar
दार्चुलामा गत बर्ष ३ हजार बढीलाई नागरिकता वितरण 
Atrya hospital

दार्चुला –दार्चुलामा एक वर्षको अवधिमा ३ हजार बढीलाई नागरिकता वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले २ हजार १५५ पुरुष र १ हजार ४५९ जना महिला गरी ३ हजार ६१४ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरेको हो । 

वैवाहिक अंगिकृत नागरिकता १६ जनाले लिएका छन् भने ४ महिला र १४ जना पुरुष गरी १८ जनाले नाबालक प्रमाणपत्र सिफारिस लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै १ हजार ७२४ जनाको नागरिकताको प्रतिलिपि प्रशासनबाट जारी भएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update