Sagun Khabar
कछुवाको गतिमा काम चलिरहेको महाकालि करिडोरः कहिले होला निर्माण सम्पन्न ? 

बैतडी - तराई–हिमाल जोड्ने महाकाली करिडोर निर्माणको काम निकै सुस्त देखिएको छ । त्रिदेशीय नाकाको रुपमा अघि बढाइएको सो सडक निर्माणको गति प्रभावकारी बन्न सकेको छैन् । विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन । 

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ । 

Atrya hospital

करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने विश्वास बोकेका स्थानीयहरुले सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न  माग गरेका छन् । महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भएपनि अहिले सम्म कछुवाकै गतिमा काम चलिरहेकोले अव ढिलासुस्ती नगरि बाटो निर्माण गर्नुपर्ने दशरथचन्द नगरपालिका–१ मुडावका स्थानीय महेश राज भट्टले बताए  । 

समृद्धिसँग जोडिएका नेपाल सरकारका अधिकांस योजनाहरु नारामा मात्रै सिमित रहने भएकोले नेपालि नागरिकहरुले सास्ती खेपिरहेको उहाँले गुनासो गर्नुभयो । 

कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ ।

महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न  बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update