Sagun Khabar
एक महिना देखि अबरुद्ध  पाटन –पञ्चेश्वर सडकखण्डको ‘जिरो प्वाइन्ट’ सडक सुचारु 

बैतडी- एक महिना देखि अबरुद्ध बैतडीको पाटन –पञ्चेश्वर सडकखण्डको ‘जिरो प्वाइन्ट’ सडक सुचारु भएको छ । सडक स्तरोन्नती नभएको भन्दै स्थानीयहरुले सडकमा सवारी आवागमनमा रोक लागाउदै बन्द गरेको सडक बुधबारदेखी सुचारु भएको हो ।  

सम्बन्धीत स्थानिय,सरोकारवाला सहित बुधबार बसेको बैठकले ‘जिरो प्वाइन्ट’ देखि ३ किलोमिटर सम्म स्तरोन्नतीका लागि पहल गर्ने सहमतिमा सडक सुचारु भएको स्थानीय समेत रहेका पत्रकार बसन्त बिष्टले बताए । 

Atrya hospital

सो सडकखण्डमा धुलो धुवा नियन्त्रण गर्नका लागी नगरपालिकाले कम्तीमा एक हप्तामा दुई पटक पानि छकर्ने कार्य गर्ने र  पूर्वाधार विकास कार्यालयबाट खल्डाखुल्डी पुर्ने तथा सडक स्तरोन्नती गर्न आवश्क बजेट व्यवस्थापनको लागी पहल गरि बालपत्र अह्वान गर्ने फागुन मसान्त सम्म ठेकेदार मार्फत काम अगाडि बढाउने लगायतका बिषयमा सहमति भएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।  

सडक डिभिजन कार्यालयबाट यही पौष १ गते उक्त सडक पूर्वाधार विकास कार्यालय मातहत आएको थियो । पाटन –पञ्चेश्वर सडक पूर्वाधार विकास कार्यालय मातहत रहेको भएपनि जिरोप्वाइन्टदेखि ३ किलोमिटर सम्म सडक डिभिजन कार्यालय मातहत रहेको थियो । 

जिरोप्वाइन्टदेखि ३ किलोमिटर सम्मको भाग स्तरोन्नती नहुँदा सडक धुलाम्य भएपछि स्थानीयहरुले अवरोध गरेका थिए । धुलोले बाटोमा हिड्न सक्ने अवस्था समेत नभएपछि स्थानीयहरुले सडक स्तरोन्नतीको माग गरेका थिए । 
सडक स्तरोन्नती नभएको भन्दै स्थानीयहरुले सडकमा सवारी आवागमनमा समेत रोक लगाउन थालेपछि  उक्त खण्ड स्तरोन्नतीका लागि पहल  सुरु भएको हो  । 

लामो समयदेखि पाटन –पञ्चेश्वर सडकको जिरोप्वाइन्टदेखि ३ किलोमिटरसम्मको भाग स्तरोन्नती नहुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सडकमा हिँडडुल गर्न निकै मुस्कील हुने भएको छ । उक्त सडक भएर विद्यालय जाने तथा अन्य कामका लागि सडकमा हिँडडुल गर्नेहरुलाई निकै सास्ती हुने गरेको छ । 
सडक धुलाम्य हुँदा बस्ती नै प्रभावित भएपछि स्थानीयहरुले आवागमनमा समेत रोक लगाएका थिए ।   । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update