Sagun Khabar
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाताल भुवनेश्वर  गुफामा दुई जना गुफा विषेशज्ञको टोली प्रवेश

बैतडी ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बैतडीको सर्नुया गाउँपालिका २ स्थित पत्ताल भुवनेश्वर गुफामा दुई जना गुफा विषेशज्ञको टोली प्रवेश गरेको छ । 

बेलायतका गुफा विषेशज्ञ पिटर एलिसन तथा बाङ्लादेशका आरिफ गोइयाको टोली गुफाभित्र प्रवेश गरेको हो । बिहान ११ बजेदेखि पत्ताल भुवनेश्वर क्षेत्र परिसरमो अवलोकन गरेर गुफाभित्र प्रवेश गरेका हुन् । 

Atrya hospital

दिउँसो १ बजेर ११ मिनेट जादा गुफा प्रवेश गरेको र राती १० बजे फर्किने जानकारी गराइएको सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पातालभुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । गुफा बिशेषज्ञहरुको टोली ३५ सय मिटर सम्म पुगेको थियो ।  

पातालभुवनेश्वरधाममा चारओटा गुफा रहेका छन् । चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पातालभुमेश्वरमा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । 

पाताल भुमेश्वरको धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ । भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वरनाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पातालभुवनेश्वरशिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update