Sagun Khabar
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय
Atrya hospital

काठमाण्डौ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिए ।

नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उनले बताए ।  माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउनुहुन्न भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ । अहिले माओवादी केन्द्रका ४८ जना सांसद छन् ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update