Sagun Khabar
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उनले विश्वासको मत लिने तयारी गरेका हुन् । 

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने  प्रतिनिधि सभाको दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने सचिवालयले जनाएको छ।

Atrya hospital

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । 

विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा साथ दिएका एमालेका २६ सांसदले देउवालाई विश्वासको मत दिने सम्भावना छ । 

सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १०:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update