Sagun Khabar
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : गुरुखोलामा छलफल 

बैतडी–लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बैतडीको गुरुखोलामा छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान सचेतनामूलक र्यालसहित अन्तरक्रियात्मक छलफल सम्पन्न भएको हो । 

महारुद्र बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका साथै अन्य नागरिकहरुको सहभागितामा सचेतनामूलक र्यालीसहित अन्तरक्रियात्मक छलफल सम्पन्न भएको पिसवीनका फिल्ड सहजकर्ता लोकेश भट्टले बताए । 

Atrya hospital

पिसवीन, गुरुखोला प्रहरीचौकी, महारुद्र बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम सम्पन्न गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको लागू औषध विरुद्धको महाअभियान अन्तगर्त पनि अन्तरक्रियामा छलफल गरिएको थियो । लागू औषधको प्रयोगले निम्तिने हिंसाका बिषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो । लागू औषधको नियन्त्रणका लागि स्थानीयहरुले खेल्नुपर्ने भूमिकाका बिषयमा कार्यक्रम छलफल भएको भट्टले बताए । 

यस्तै लैंगिक हिंसाका कारक तत्व र न्यूनीकरणका बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको बताइएको छ । समाजमा विभिन्न कारणले लैंगिक हिंसाका घटनाहरु भइरहेकाले यस्ता घटनाहरुको रोकथामका लागि समाजका सबै पक्षले मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको सहजकर्ता भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update