एमाले अध्यक्ष ओलीले गरे प्रसिद्ध निङ्गलाशैनी भगवतीको दर्शन 
                        
                        
                                                
                                            
                                                                    बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीको दर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राको उद्दघाटनका लागि आजै बैतडी पुगेका अध्यक्ष ओलीले देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवतीको दर्शन गरेका हुन् ।
मन्दिरको सन्ध्याकालिन आरतीमा समेत सहभागी भएका ओलीलाई भगवतीको प्रसाद स्वरुप तामाको गाग्री प्रदान गरिएको छ । ओलीले मन्दिरमा पूजापाठ समेत गरेका थिए ।
एमाले अध्यक्ष ओलीसंगै केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरुले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेको एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 
 
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
