Sagun Khabar
कैलालीमा बस र स्कुटर ठोक्किए, तीन जना घाइते 
Atrya hospital

कैलाली –कैलालीमा बस र स्कुटर ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । पश्चिमबाट पुर्वतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३०८९ नम्बरको बसलाई सोहि दिशातर्फ गइरहेको से ५ ब १९१७ नम्बरको स्कुटरले पछाडीबाट ठक्कर दिँदा गौरीगंगा नगरपालिका–८ मसुरीयामा दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा परेर गौरीगंगा नगरपालिका–९ का स्कुटर चालक १५ वर्षीय सागर विक, गौरीगंगा नगरपालिका–५ का १९ वर्षीय रमेश विक र सोहि ठाउँका १९ वर्षीय महेश विक घाइते भएका छन् । स्कुटर चालक सागर विकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ ।

घाइते तीनै जनाको धनगढीको केजी हस्पीटलमा उपचार भइरहेको छ । बस चालक यादवप्रसाद शाही र बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update