Sagun Khabar
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Atrya hospital

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मूल्यवृद्धिलाई लिएर देशभर संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि निगम मूल्य घटाउन बाध्य भएको हो। 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए। 

निगम सञ्चालक समितिको निर्णयअनुसार बुधबार रातिदेखि लागु हुनेगरी पेट्रोल–डिजेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ। असार २२ गते बढेको पेट्रोलियमको नयाँ मूल्यले पेट्रोलको प्रतिलिटर मूल्य १२९, डिजेलको ११२ पुगेको थियो।
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update