Sagun Khabar
प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं – सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ।

सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो। 

Atrya hospital

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए।

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार मङ्गलबार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ।

-थाहाखबरबाट 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update