Sagun Khabar
धनगढीमा जुवाखालबाट १ लाख नगदसहित १२ जना पक्राउ 

कैलाली –कैलालीको धनगढीमा जुवाखालबाट एक लाख बढी नगदसहित १२ जना पक्राउ परेका छन् । 

शुक्रवार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट एक लाख एक हजार २६५ नगद, ३ गड्डी ताससहित १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पक्राउ पर्नेमा धनगढी–१३ बस्ने ३१ वर्षीय कमल बडायक, ३३ वर्षीय सुवा राना, ३३ वर्षीय राधेश्याम राना, २६ वर्षीय भरत राना, ४९ वर्षीय भरत राना, ४३ वर्षीय रामनन्द राना, ३२ वर्षीय रुपेन्द्र ओझा, २९ वर्षीय शिबकुमार राना, २३ वर्षीय सुरेश राना, ४२ वर्षीय पिरागी राना, ४० बर्षीय नबोध झा र २८ वर्षीय योगेन्द्र महरा रहेका छन् । 

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update