Sagun Khabar
एमाले कार्यदलमा १० बुँदे सहमति

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी एमाले कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ ।

आन्तरिक विवाद मिलाउन आइतवार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरू अन्ततः पार्टी एकताबद्धरुपले अघि बढाउने गरी सहमति जुटाउन सफल भएका हुन् ।

Atrya hospital

सिंहदरबारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सहमति बनेको नेताहरूले बताएका छन् । 

कार्यदलले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरूलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update