Sagun Khabar
बैतडीमा जबरजस्तीकरणीका घटना बढ्दै 

बैतडी –बैतडीमा पछिल्लो समयमा जबरजस्तीकरणीका घटना बढ्दै गएका छन् । प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको अहिले सम्म ७ ओटा जबरजस्तीकरणीका घटना बाहिर आएका छन् । 

चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म जिल्लाका विभिन्न स्थानमा ७ ओटा जबरजस्तीकरणीका घटना भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । जबरजस्तीकरणीका घटनामा संलग्नलाई पक्राउ गरेर आवश्यक कारवाही समेत भइरहेको उनले बताए । 

Atrya hospital

चालु आर्थिक बर्षमा जबरजस्तीकरणी उद्योगको एक घटना बाहिर आएको छ । यी सबै घटनाहरुमा प्रहरीले आफ्नो अनुसन्धान गरेर दोषीलाई अदालतमा पेश गर्ने गरेको प्रहरी निरीक्षक खत्रीले बताए । 

यस्तै गएको आर्थिक बर्षमा जिल्लाभरीमा १४ ओटा जबरजस्तीकरणीका घटना भएका र ६ ओटा जबरजस्तीकरणी उद्योगका घटना भएका प्रहरीको तथ्यांक छ । 

बढ्दो प्रविधिको दुरुपयोग, लागुऔषधको प्रयोग लगायतका कारणले जबरजस्तीकरणी जस्ता जघन्य अपराध बढ्दै गएका प्रहरीको निष्कर्ष छ । 

सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले पनि जबरजस्तीकरणीजस्ता जघन्य अपराध बढ्दै गएका प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update