Sagun Khabar
दार्चुलामा महाकाली लोकमार्ग अवरुद्ध 
Atrya hospital

दार्चुला –दार्चुला –बैतडी जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लोकमार्ग अवरुद्ध भएको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीको दुधौलीगाड र पनेबाजमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए  ।

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि प्रयास भईरहेको उनले बताए ।  सडक अवरुद्ध बनेसंगै गोकुलेश्वरबाट खलंगाका लागि छुटेका जिप र तराइबाट दार्चुलाका लागि छुटेका बसहरु रोकिएका छन् ।

गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेका तीन वटा बस र छ वटा जिप सडकमै रोकिएका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update