Sagun Khabar
सांस्कृतिक समाज नेपालले गर्यो बृहत सांस्कृतिक र स्रष्टा सम्मान कार्यक्रम

 बैतडी –सांस्कृतिक समाज नेपालले बृहत सांस्कृतिक र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार काठमाण्डौंमा सम्पन्न भएको कार्यक्रममा सुदूरको संस्कृति झल्काउने विभिन्न प्रस्तुती राखिएका थिए । 

सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको अध्यक्षता एवं एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउँद, नेकपा एमालेका नेता भीम रावल, लखेराज भट्टलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर.डि.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो । 

सुदूरपश्चिमको लोक संस्कृतिको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले बताए । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सामाजिक क्षेत्रको विकासका लागि दलगत राजनीतिभन्दा माथि उठेर हातेमाले गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायन प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले विभिन्न क्षेत्रमा रहेर भाषा साहित्य, लोक गायन क्षेत्रबाट सुदूरपश्चिमको चिनारीका लागि ठुलो योगदान गर्ने विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन हुँदा सुदूरपश्चिमको मात्र नभएर नेपालकै चिनारीका लागि महत्त्वपूर्ण विषय भएकोले विश्वले नजिकबाट हेर्ने मौका पाएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update