Sagun Khabar
भीमदत्तका पूर्व मेयर बिष्ट धरौटीमा रिहा 

कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख सुरेन्द्रबहादुर विष्ट धरौटीमा रिहा भएका छन्  । विशेष अदालतमा मंगलवार भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको हो । उनलाई पाँच लाख  रुपैयाँ धरौटी माग गरिएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट पाँच लाख रुपैयाँ धरौटी मागेको हो । आदेशलगत्तै धरौटी बुझाएर पूर्व नगरप्रमुख विष्ट तारेखमा बसेका छन् ।  

Atrya hospital

न्यायाधीश शालिग्राम कोइराला र डा. खुशीप्रसाद थारुको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानूनी लाभ उठाएको भन्दै अख्तियारले भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख विष्टबाट तीन करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको माग दावी गर्दै मुद्दा दायर गरेको छ । 

यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट पनि धरौटी लिई अदालतले तारेखमा राखेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update