Sagun Khabar
डोटीको शिखरका मेयरले आफ्नै स्वकीय सचिवमाथि खुकुरी प्रहार गरेको आरोप 

डोटी–डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ । मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले आफूमाथि खुकुरी प्रहार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटोसमेत सार्वजनिक गरेका छन् । घटनाको बारेमा कुनै प्रक्रियागत जानकारी प्राप्त नभएको र सामान्य बुझ्दा स्वकीय सचिव ठगुन्नाले नगर प्रमुखको गाडीमा तोडफोड गरेको र ठगुन्नामाथि खुकुरी प्रहार नभएकोे जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

घटनाको कारणका बिषयमा अझै नखुलेको डोटी प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update