Sagun Khabar
बैतडीका गोपालको काठमाण्डौमा गोलभेडा खेती, वार्षिक पाँच लाख कमाइ  

बैतडी- बैतडीका एक युवक काठमाण्डौमा कृषि व्यवसायमा जमेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ९ किचार घरभएका गोपाल भण्डारी विगत ४ वर्ष देखि संघीय राजधानी काठमाण्डौमा कृषि व्यवसाय गर्दै आएका हुन्।

उनि चन्द्रागिरि नगरपालिकाको दहचोक भन्ने ठाउँमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । गोलभेडा खेती गरेर गोपालले वार्षिक पाँचलाख बचत हुने गरेको बताए । पाँच रोपनि जमिन भाडामा लिएर गोलभेडा खेति गरको उनले बताए । गोलभेडा बिक्री गरेर उनले  बार्षिक पाँचलाख बचत हुने गरेको समेत बताएका हुन् । सबै खर्च कटाएर वार्षिक पाँचलाख बचत हुने गरेको उनको  भनाई  छ ।

Atrya hospital

गोलभेडा राम्रै फल्ने  गरेको  उनले  बताए । गोपाल दुई वर्ष  मलेसिया समेत बसेका थिए । रोजगारीको सिलसिलामा दुई वर्ष मलेसिया बसेर काम गर्दा उनले  आफनै  देशमा केहि गर्ने सोच बनाए । आफनै देशमा केहि गर्ने मनसाय बोकेर स्वदेश फर्किएका उनले कृषिकर्म गर्ने योजना बनाए ।

‘दुई वर्ष  मलेसियामा काम गरे, त्यहाँको दुख पनि झेलियो, खाडिको त्यो दुख देखेर स्वदेशमै केहि गर्ने  सोच  बनाएको थिए, घर फर्किए पछि काठमाण्डौँ आएर गोलभेडा खेती सुरु गरेको  हुँ, अहिले राम्रो कमाई छ, उनले  भने ।’  गोपाल २०७६ सालमा बैतडीबाट काडमाण्डौ छिरेका थिए । बैतडीमा बजारको  समस्या भएकाले कृषि कर्म गर्न  संघीय राजधानी काठमाण्डौ रोजेको उनले  बताए ।

 काठमाण्डौ पुगेर भण्डारी गोलभेडा खेतीमा लागे । उनले सुरुको अवस्थामा १४ लाख लगानि लगाएर गोलभेडा खेती सुरु गरेको बताए । उनि थोपा सिंचाइबाट गोलभेडा खेती गर्दै आएका छन् । एक दुइ वर्ष त्यतिकमाई नभए पनि अहिले राम्रै आम्दानि भैरहेको उनको भनाई छ । अहिले उनले काठमाण्डौमा दुई छोराहरुलाई शिक्षा दिइरहेका छन् । श्रीमती दुई छोरा संगै उनि काठमाण्डौमा छन् ।

 ‘कृषि कर्मबाट खुसि छु, आफनै देशमा परिवार संगै बसेर काम गर्नुुको  आन्नद नै बेग्लै छ, उनले भने ।’ विदेशको दुख भन्दा परिवार संगै स्वदेशमै बसेर गरेको कृषि कर्म राम्रो लागेको उनले बताए ।

जमिन लिजमा लिएर कृषि कर्मबाट राम्रो आम्दानि लिन सफल गोपालले कृषि पेशालाई व्यवसायिक बनाउन सरकारले बजार व्यवस्थापन, समयमै मल, विउविजन र युवाहरुलाई ऋण सहायता दिनुपर्ने बताए  ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update