Sagun Khabar
दार्चुलामा असार मसान्त सम्म निषेधाज्ञा थपियो 

दार्चुला –दार्चुलामा असार मसान्त सम्मका लागि निषेधाज्ञा थपिएको छ । कोरोना भाईरसको संक्रमणदर केही घटेको भएपनि जोखिम कायमै रहेको भन्दै असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । 

पहिलाको तुलनामा खुकुलो पार्दै असार मसान्तसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । सार्वजनिक सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएर सीट क्षमता अनुसार जिल्लाभरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने उनले बताए । 

Atrya hospital

यस्तै होटेल, मदिरा पसल बाहेक अन्य सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म सञ्चालन गर्न पाइने जारी आदेशमा उल्लेख गरिएको छ । 

यसैगरी धार्मिक कार्यहरु, विवाह, ब्रतबन्ध जस्ता कार्यहरु गर्दा न्यूनतम मानिसहरुको सहभागितामा गराउनुपर्ने जनाइएको छ । 

यसैगरी निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update