Sagun Khabar
भदौ ७ गते नै गौरा मनाउने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिको निर्णय 

बैतडी –यो बर्षको गौरा पर्व भदौ ७ कि २१ गते भन्ने बहस चलिरहेका बेला निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले भदौ ७ गते नै गौरा मनाउने निर्णय गरेको छ । 

निङ्गलाशैनी भगवती मन्दिर परिसरमै बसेर समितिले भदौ ७ गते नै गौरा पर्व मनाउने निर्णय गरेको हो । निङ्गलाशैनी भगवतीको पाँच सय क्षेत्रभित्र नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको मितिमै गौरा पर्व मनाउने निर्णय भएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए । 

Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरको कालापाटमा बसेर पर्वका बिषयमा यो भन्दा पहिला नै निर्णय भइसकेकाले भदौ ७ गते नै गौरा पर्व मनाउने निर्णय भएको उनले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरको क्षेत्रभित्र मनाइने चाडपर्वका बिषयमा पहिला नै निर्णय हुने र गौराका बिषयमा पनि पञ्चांगकै आधारमा मनाउने निर्णय भएकाले भदौ ७ गते नै गौरा मनाइने मन्दिरका मुखिया मानबहादुर बोहराले बताए । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गतेका लागि गौराको तिथी तय गरेपछि त्यसमा अधिकांश ज्योतिषहरुले असन्तुष्टी जनाइरहेका छन् । भदौ ७ गते श्रावण शुक्ल पक्ष भएकाले गौरापर्व भदौ शुक्ल वा कृष्ण पक्षमा हुने उनीहरुको तर्क छ । 

तर अगस्ती उदयको दोष लाग्ने भएकाले गौराको तिथी भदौ ७ गते तय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य गणेशप्रसाद पन्तले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update