Sagun Khabar
जिल्ला हुलाक कार्यालय बैतडीको काम के छ ?

बैतडी-   जिल्ला हुलाक कार्यालय बैतडीले ८ लाख बढी  राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा जिल्ला हुलाक कार्यालय बैतडीले ८ लाख १२  हजार २ सय ३७ रुपैँया राजस्व संकलन गरेको हो । 

 टिकट बिक्री, काउन्टर अनलाइन, एफएम रेडियो रोयल्टी नविकरण र पत्रपत्रिका नविकरणबाट  गत वर्ष ८ लाख १२  हजार २ सय ३७ रुपैँया राजस्व संकलन भएको हुलाक कार्यालय  बैतडीका प्रमुख टिकासिंह रावलले जानकारी दिए । ७८÷७९ भन्दा ७९÷८० मा  हुलाक कार्यालयको राजस्व सकंलनमा वृद्धि भएको  छ । 

Atrya hospital

२०७८÷७९ मा हुलाक कार्यालय बैतडीले ७ लाख ३९ हजार २ सय ४१ रुपैँया राजस्व संकलन गरेको  थियो । यस्तै हुलाक बचत बैँकबाट १३ लाख ८३ हजार ८ सय ३९ रुपैँया  आम्दानि भएको हुलाक कार्यालयका  प्रमुख रावलले बताए । 
बढ्दो प्रविधिको पहुँचका कारण चिठ्ठीपत्रको चलन कम हुदैं गए पनि नविकरण लगायतका अन्य काम कारबाही  भैरहेका उनले  बताए ।

 व्यक्तिगत चिठ्ठी पत्रको काम नभएपनि पार्सलको काम भने निरन्तर नै चलिरहेको प्रमुख रावलले  बताए । हुलाक कार्यालय प्रमुख रावलाका अनुसार  दैनिक चिट्ठीपत्र आदान प्रदान, पत्रपत्रिका सहुलियत दरमा पठाउने कार्यका लागि दर्ता तथा नवीकरण, एफएम रेडियोहरुको दर्ता नवीकरण तथा रोयल्टी सकंलन र नेपाल सरकारबाट तोकिएका लोककल्याणकारी विज्ञापन प्रसारण गर्न लगाउने, अनुुगमन गर्ने काम हुलाकले गर्ने गरेको छ । 

यस्तै राजस्वसंकलन,  सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जनताको हितका लागि के कस्ता कार्यहरु भैइरहेका छन, जानकारी दिन सूचना आधिकारीको नियुक्ति छ की छैन्, सूचना सम्बन्धी उजुरीहरुको संख्या माग गरेर सम्बन्धित निकायमा पु¥याउने काम समेत हुलाक कार्यालयले गर्ने गर्दछ । 

बैतडीमा अहिले जिल्ला हुलाक कार्यालय ,ईलाका हुलाक १३ र ५४ वटा ग्रामीण हुलाकहरु रहेका बताइएको  छ । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update