Sagun Khabar
भोलिदेखि हुने एसईई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा, बैतडीका ६ ओटै केन्द्रमा खटिए केन्द्राध्यक्ष 

बैतडी –भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा तयारी पूरा भएको छ । जिल्लामा तोकिएका ६ ओटै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्त भएर खटिसकिएका विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । 

केन्द्रहरुमा परीक्षाका लागि आवश्यक कापी र अन्य सामग्री पुगिसकेका छन् भने प्रश्नपत्र  अनलाइनबाटै केन्द्राध्यक्षहरुलाई प्राप्त हुने उनले बताए । 

Atrya hospital

एसईई ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा ६ ओटा केन्द्र तोकिएका छन् । विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा, मेलौली, सनातन धर्म मावि श्रीकोट, अर्जुन मावि गाँजरी र डिलेश्वरी मावि पुर्चौंडी हाटमा केन्द्र तोकिएका सूचना अधिकारी शर्माले बताए । 

विरेन्द्र मावि शाहीलेकमा दशरथचन्द नगरपालिकाका सबै विद्यालय, पञ्चेश्वर गाउँपालिकाका नागार्जुन मावि रन्तोली, जबलपुर मावि जबलकट्टे र आमपुर मावि बिजुलको केन्द्र तोकिएको छ । यस्तै मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थानको केन्द्र पनि विरेन्द्र मावि शाहीलेकमै तोकिएको छ । 

कृष्ण मावि पाटनमा पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका सबै विद्यालयहरुको केन्द्र तोकिएको छ भने मणिलेक माविमा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालयहरुको केन्द्र तोकिएको छ । 

यस्तै डिलेश्वरी मावि पुर्चौंडी हाटमा पुर्चौंडी नगरपालिका अन्तर्गतका सबै विद्यालयको केन्द्र तोकिएको छ भने अर्जुन मावि गाँजरीमा सिगास गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुको केन्द्र तोकिएको छ ।

यस्तै सनातन धर्म मावि श्रीकोटमा दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका सबै विद्यालयहरुको केन्द्र तोकिएको सूचना अधिकारी शर्माले बताए । 

भोलिदेखि शुरु हुने एसईई ग्रेडवृद्धि परीक्षमा १२सय ६१ छात्र र १३ सय ६९ छात्रा गरी २६ सय २० परीक्षार्थी सहभागी हुनेछन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update