Sagun Khabar
बारीमै बन्दा कुहिन थालेपछि बैतडीका किसान चिन्तित, लाखौंको क्षति  

बैतडी –बारीमा लगाएको बन्दा कुहिन थालेपछि बैतडीका किसान चिन्तित भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ को सतबाँझ लगायतका क्षेत्रमा किसानहरुले लगाएको बन्दा बारीमै कुहिन थालेको स्थानीय गोविन्दबहादुर टेरले बताए । 

बारीमा लगाएको बन्दा कुहेपछि निकै समस्या भएको उनले बताए । मकै नलगाएर बारीमा बन्दा लगाएको तर बन्दा कुहेपछि समस्या भएको उनले बताए । उनले भने ‘मकै नलगाएर बारीमा सबै बन्दा लगाइयो । बन्दा कुहेर नष्ट भएपछि समस्या भएको छ ।’

Atrya hospital

आजभोली खानयोग्य भएको बन्दा बारीमै कुहिन थालेको अर्का किसान कृष्णदत्त भट्टले बताए । बारीभरी लगाएको बन्दा कुहेर नष्ट भएको उनको भनाइ छ । बारीमा लगाएको १ लाख बढीको बन्दा कुहेको उनको भनाइ छ । उनले भने ‘बारीको बन्दा कुहेपछि समस्या भएको छ ।’

बारीमा लगाएको बन्दा कुहेपछि किसानहरु निकै समस्यामा परेका छन् । मकैभन्दा बढी उत्पादन र आम्दानी हुने आसाले लगाएको बन्दा कुहेपछि समस्या भएको स्थानीय मानबहादुर टेरले बताए । बन्दा कुहेपछि एक लाखभन्दा बढीको क्षति भएको उनले बताए । उनले भने ‘बारीमा लगाएको बन्दा सबै कुहेर सखाप भएको छ । बारीभरी लगाएको बन्दा कुहेपछि आर्थिक रुपमा समेत घाटा लागेको छ ।’

यो सिजनमा उत्पादन भएको बन्दाले खासै बजार भाउ समेत पाउन सकेको छैन् । बारीमै बन्दा कुहिन थालेपछि व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका किसानहरु समस्यामा परेका छन् । 

बर्षातको समयमा ढुसीका कारण बन्दा कुहिने समस्या आएको हुन सक्ने कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले बताए । बर्षातको समयमा ढुसीले बन्दामा कुहिने समस्या आउने गरेको उनले बताए । यसका साथै अन्य रोगकिराले पनि बन्दामा कुहिने समस्या आउने उनले बताए । 

बैतडीमा १ हजार १ सय हेक्टर जमीनमा आलुबाहेक अन्य तरकारी लगाउने गरिएको छ । जिल्लाभरी एकबर्षमा १३ हजार ९ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताए । 

यस्तै ८ सय ५० हेक्टर जमीनमा आलुखेती गरिने र एक बर्षमा ८ हजार ९ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको सूचना अधिकारी कँडेलले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update