Sagun Khabar
बैतडीको सुर्नयाका एक युवकको  भारतमा हत्या

बैतडी- बैतडीका एक युवकको भारतमा हत्या भएको  छ । जिल्लाको सुर्नया  गाउँपालिका  वडा नं २ खालिकाबगड लिस्किटा  घर भएका जनक बहादुर  चन्दका छोरा २७ वर्षिय  तिलक बहादुर चन्दको भारतको बेंगलोरमा  हत्या गरिएको अवस्थाा शव फेला परेको  हो ।

 गत  हप्ता उनकै बस्ने कोठामा  हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको हो । उनको  भारतीय नागरिकले चक्खु प्रहार गरि हत्या गरेका हुन । 

Atrya hospital

७ वर्ष देखि  कोठामा संगै बस्दै आएका भारतको  कर्नाटकका ४५ वर्षिय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका  बताइएको छ । हत्याको  कारण खुलेको  छैन । भारतीय प्रहरीले  उनलाई  पक्राउ गरेर  थप अनुसन्धान गर्दैछ ।

 तिलकको मृत्युको खबर आफुुहरुलाई इन्टरपोलबाट प्राप्त भएको  आफन्त धीर बहादुर  चन्दले जानकारी दिए । भारतीय नागरिकले हत्या स्वीकार गरेपछि  शव बुझेर अन्तिम संस्कार गरिएको उनले बताए । 

रोजगारिको सिलसिलामा भारत गएका तिलक ११ वर्ष देखि सम्पर्क विहिन थिए । ११ वर्ष देखि बेपत्ता रहेका तिलकको हत्या गरिएको  खबर आएपछि परिवारमा रुवाबासी चलेको छ ।  

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update