Sagun Khabar
बैतडीका ८ स्थानीय तह दमकल विहिन 

बैतडी, ६ वैशाख –
बैतडीका १० ओटा स्थानीय तह मध्ये ८ ओटा स्थानीय तह दमकल विहिन छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका बाहेकका स्थानीय तहमा दमकल नभएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । 

आलगागिका घटनाबाट हुने क्षति न्यूनीकरणमा प्रयोग हुने अत्यावश्यक साधन मध्ये दमकल रहेको भएपनि स्थानीय तहको प्राथमिकतामा भने परेको छैन् । आगलागिका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा दमकलको प्रयोग हुने भएपनि स्थानीय तहहरुमा दमकल नहुँदा बर्षेनी आगलागिका कारण क्षति हुने गरेको छ । 

Atrya hospital

यो बर्ष खडेरीका कारण धेरै ठाउँमा आगलागि भएर करौंडाका वन सम्पदाहरु समेत मासिएका छन् । आगलागिबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तहको तयारी नहुँदा झन् समस्या भएको बताइएको छ ।

 स्थानीय तहहरुसंग कम्तीमा एक दमकल आवश्य भएपनि यस्ता सामग्री नहुँदा क्षति बढी हुने गरेको मेलौली नगरपालिका ७ का केशव भाटले जानकारी दिए । उनले भने ‘दमकल आगलागि नियन्त्रणका लागि भरपर्दो साधन हो । तर नगरपालिकाहरुसंग समेत दमकल छैन् । यसले गर्दा आगलागिबाट हुने क्षति न्यूनीकरण हुन सकेको छैन् ।’ 

दमकल जस्ता अतिआवश्यक सामग्री नहुँदा स्थानीय स्तरमा विपद्का घटनाबाट बढी क्षति हुने गरेको उनले जानकारी दिए । 
दमकल भएका स्थानीय तहहरुमा समेत त्यसको प्रयोगका लागि आवश्यक तयारी समयमै नगर्दा आगलागिका घटनाबाट क्षति हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update