Sagun Khabar
क्वाँइतोला जोशी समाजले भदौ २१ गते गौरा मनाउने 

बैतडी –सुदूरपश्चिमको मौलिक पर्वको रुपमा रहेको गौरापर्व कहिले मनाउने भन्ने बिषयमा विवाद रहेका बेला क्वाँइतोला जोशी समाज कञ्चनपुरले भदौ २१ गते गौरा मनाउने निर्णय गरेको छ । 

क्वाँइतोला जोशी समाज कञ्चनपुरको आज बसेको बैठकले भदौ २१ गते नै गौरापर्वको उपयुक्त तिथी भएकाले २१ गते नै गौरा मनाउने निर्णय भएको समाजका सचिव रामदत्त जोशीले बताए । 

डिलाशैनी गाउँपालिका ७ खेतागाउँ मूलघर भएका क्वाँइतोला जोशी परिवारले विगतको परम्परा र शास्त्रीय मान्यता तथा स्थानीय देवीदेवताको आस्था अनुसार भदौ २१ गते गौरा मनाउने निर्णय गरेको हो । 

गौरा एकादशी र जनै पूर्णिमाको ब्रत अघि गौरा पर्व नहुने भएकाले आफूहरुले भदौ २१ गते गौरा मनाउने जोशीले बताए । बिरुडा पञ्चमीदेखि गौरा पर्व शुरु भइसक्ने र पश्चिमी क्षेत्रमा अगस्ती उदय भदौ २१ गते पछि नै हुने भएकाले सोही दिन गौरा मनाउने निर्णय भएको उनले बताए । 

नेपाल पञ्चांग निर्णायक समितिले भदौ ७ गते गौराको तिथिमिति दिएपछि अहिले निकै बहस भइरहेको छ । भदौ ७ गतेको गौरा श्रावण शुक्ल पक्षमा परेको छ । अगस्ती उदयको प्रभाव हुने भएकाले भदौ ७ गते नै गौराको उपयुक्त तिथी भएको कतिपय ज्योतिषहरुको दाबी छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update