Sagun Khabar
सुख्खा फलफूल विकास केन्द्रद्वारा गड्यौला मल विक्रि शुरु 

बैतडी –बैतडीमा गड्यौला मल विक्रि शुरु गरिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल विक्रि गर्न थालेको हो । 

गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको केन्द्रले मल विक्रि कार्य शुरु गरेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो । 

Atrya hospital

मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । जिल्ला दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्रि गर्न थालिएको उनले बताए । 

गड्यौला मल फलफूलका बिरुवा, नर्सरी, तरकारीका बेर्नाहरुका लागि उपयुक्त हुने भएकाले विक्रि खुला गरिएको हो । यसका साथै सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा समेत मल प्रयोग गरिने खड्काले बताए । 

बैतडीमा सुख्खा फलफूल विकास केन्द्रले पहिलो पटक गड्यौला मत उत्पादन गरेको हो । गड्यौला मल जैविक मल भएका बोटबिरुवा तथा बारीका लागि निकै लाभदायक हुने प्राविधिक सहायक खड्काले बताए । गड्यौला मल उत्पादनस्थलमा गड्यौला पालन गर्ने र उनीहरुले झारपात खाएर मल उत्पादन गर्ने गरेका उनले बताए । 

सुख्खा फलफूल विकास केन्द्रले बैतडीका किसानहरुलाई गड्यौला मल उत्पादनको तरीका समेत सिकाइरहेको छ । विभिन्न ठाउँका किसानहरुलाई जैविक मल उत्पादनका बिषयमा जानकारी दिने गरिएको सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ । 

अन्य मलको तुलनामा जैविक मल निकै मलिलो र लाभदायक हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । कौसी खेती गर्नेहरुका लागि यो मल निकै उपयोगी हुने खड्काले बताए । गड्यौला मलमा बोटविरुवाका लागि पाइने पोषक तत्व बढी हुने भएकाले यो निकै लाभदायक रहेको खड्काले बताए । गड्यौला मल मलिलो हुने भएकाले तरकारी खेतीका लागि समेत यो उपयोगी हुन्छ । थोरै मात्रा भएपनि यसले बोट विरुवा हुर्काउन धेरै सहयोग पुर्याउने गरेको उनले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update