Sagun Khabar
दार्चुलामा खाद्यान्न उत्पादनमा कमी 
Atrya hospital

दार्चुला –दार्चुलामा खाद्यान्न अत्पादनमा कमी आउन थालेको छ । पछिल्लो समय जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएको हो । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार खाद्यान्न कम उत्पादन हुन थालेपछि बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको छ । 

िजल्लामा वार्षिक २७ हजार ५ सय ८७ दशमलव ७ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने र उत्पादन भने २२ हजार ३९१ मेट्रिक टन मात्र हुने गरेको बताइएको छ ।

वार्षिक ५ हजार १ सय ९६ दशमलब ७ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखाउँछ । 
जिल्लामा २ लाख ३२ हजार २ सय हेक्टर क्षेत्रफल जमिन रहेकोमा २९ हजार ५ सय ४४ हेक्टर क्षेत्रफलमा मात्रै खेती गर्न सकिन्छ । यसरी हेर्दा १२ दशमलव ७२ प्रतिशत मात्र जमिन खेतीयोग्य देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update