Sagun Khabar
बैतडीको डिलाशैनीले एसईईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले गत बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाभरी विद्यालयहरुका प्रधानाध्यापकसहितको बैठकले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

एसईईमा सहभागी भएका पालिकाभरीका विद्यार्थीहरुमध्ये उत्कृष्ट चार जनालाई पुरस्कृत गर्ने तयारी भएको हो । पुरस्कारको राशी भने गाउँपालिकाको शिक्षा समितिको बैठकले तय गर्ने अध्यक्ष जोशीले बताए । 

विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि पुरस्कृत गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष जोशीले बताए । शिक्षा केन्द्र अमर मावि धामीगाउँका सुमन धामी, डिलाशैनी मावि खेतागाउँका उत्तमराज जोशी,सेटीगाउँ मावि ककरपाखाकी अस्मिता जोशी र समैजी मावि गन्नाकी रेनुका भट्टलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

यस्तै प्रधानाध्यापकहरुको बैठकले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ । एसईईको नतिजा सुधारका लागि सामुदायिक विद्यालयहरुमा व्यापक सुधार गरिने पालिकाले दाबी गरेको छ । 

Dilasaini sixa1690893291.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update