Sagun Khabar
सुदूरपश्चिम सरकारलाई बिहीबार पूर्णता दिने सहमति 

बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले विहिबार मात्र पूर्णता पाउने गरी सहमति भएको छ ।

आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, पार्टी संरक्षक रेशम चौधरी, नेकपा माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी बैठकले यस्तो सहमति गरेको हो । 

प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन् । 

नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सहमत भएपछि बिहीबार सरकारलाई पूर्णता दिने तयारी भएको श्रोतले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीलाई दुईवटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update