Sagun Khabar
सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा ८३ हजार बिरुवा 

बैतडी –बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा यो बर्ष ८३ हजार बिरुवा राखिएका छन् । आउँदो माघ –फागुनमा विक्रि गरिने हिउँदे फलफूलका ८३ हजार ९१६ बिरुवा नर्सरीमा रहेका सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए । 

हिउँदे फलफूलका बिरुवाको श्रोत केन्द्रको रुपमा रहेको सुख्खा फलफूल विकास केन्द्रले बिरुवा उत्पादन गरेर विक्रि गर्दै आएको छ । केन्द्रले कलमी गरेर नर्सरीमा ८३ हजार बढी विरुवा राखेको र ती मध्ये केही बिरुवा हुर्कन नसक्ने प्राविधिक सहायक खड्काले बताए । 

Atrya hospital

सुख्खा फलफूल विकास केन्द्रबाट उत्पादित बिरुवा देशका धेरै जिल्लामा विक्रि हुने गरेको उनले बताए । सुख्खा फलफूल विकास केन्द्रको ३ हेक्टर जमीनमा आफ्नै नर्सरी रहेको छ । नर्सरीमा बिरुवाहरु हुर्किरहेका र हिउँदमा विक्रि गरिने खड्काले बताए । 

Narsari final 21690852794.jpg

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा अहिले ४ हजार ४१६ स्याउका बिरुवा छन् भने हाइडेन्सीटी स्याउका बिरुवा ४९२ रहेका छन् । यस्तै नासपाती ६ हजार ६२१, आरु ६ हजार ७२०, आरुबखडा ६ हजार ९५६, कागजी बदाम ९ हजार ४१७, खुर्पानी ११ हजार ४५२, बिजु दाँते ओखर २८ हजार, कलमी दाँते ओखर ५ हजार ५२२ रहेका छन् । 

सुख्खा फलफूल विकास केन्द्रले गत आर्थिक बर्षमा ६० हजार बिरुवा उत्पादन गरेकोमा ४१ हजार बिरुवा विक्रि भएका थिए । १९ हजार बिरुवा नर्सरीमै स्टोक रहेका प्राविधिक सहायक खड्काले बताए । 

गत आर्थिक बर्षमा स्याउ ३ हजार ४९०,हाइडेन्सीटी स्याउ २ सय, नासपाती ५ हजार ६५०, आरु ५ हजार ४४४, आरुबखडा ४ हजार ४९२, कागजी बदाम २ हजार ९६, खुर्पानी २ हजार ३८९, बिजु ओखर ३२ हजार ५४ र कलमी ओखर २ हजार २९२ बिरुवा उत्पादन गरिएको थियो । 

Narsari final 31690852841.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update