फेला परेका नागरिकता लैजान बैतडी प्रशासनको आग्रह
बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले विभिन्न व्यक्तिहरुलाई आफ्नो नागरिकताको प्रमाण पत्र लैजान आग्रह गरेको छ । विभिन्न ठाउँमा फेलापरी प्रहरीमार्फत प्रशासनमा प्राप्त भएका नागरिकताका प्रमाणपत्र लैजान प्रशासनले आग्रह गरेको हो ।
हराएका तथा छुटेका नागरिकताहरु विभिन्न व्यक्ति र निकायहरुले प्रहरीलाई बुझाएको र प्रहरीले प्रशासनमा बुझाएकाले आफ्ना नागरिकता लैजान आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बोहराले बताए ।
विभिन्न ठाउँका ८ जना व्यक्तिका नागरिकता फेला परेकाले ती व्यक्तिहरुलाई नागरिकता लैजान आग्रह गरिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १७:२९
प्रतिक्रिया दिनुहोस्




