बैतडी –रोजगारीको सिलसिलामा भारतको अम्बला रहेका बैतडीका एक युवकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ७ कठमडा तल्ला गाउँका ३४ बर्षीय जयराम साउँदको करेन्ट लागेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
पानीको मोटर चलाउने बेला करेन्टर लागेर आज(सोमबार) बिहान उनको मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर कुँवरले बताए ।गएको मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको उतै मृत्यु भएपछि अहिले घरपरिवार शोकमा डुबेको छ ।
पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन् ।
उनको घरमा वृद्ध आमा,श्रीमति र दाजुभाउजु रहेका छन् । साउँदको भारतमा मृत्यु भएपछि तल्लागाउँ शोकमा डुबेको छ । अल्पायुमै साउँदको मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको कुँवरले बताए ।




