Sagun Khabar
अवैध सुनसहित बैतडीका दिपक पक्राउ 

बैतडी –बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतवार साँझ करिब ८१ ग्राम तौलको सुनका ब्रासलेटसहित पक्राउ गरेको बताइएको छ ।

कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update