Sagun Khabar
विद्युत विस्तारको माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र 

बैतडी –मेलौली नगरपालिकाका सबै वडामा विद्युतको राष्ट्रिय प्रशारण लाइन जडानको माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । 

विद्युत विस्तारका लागि गठन गरिएको संघर्ष समितिका तर्फबाट आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई ज्ञापन पत्र बुझाइएको हो । 

सुर्नयागाड चौथो लघुजल विद्युत आयोजनाबाट विद्युत आपूर्ती बन्द भएकाले राष्ट्रिय प्रशारण लाइन जडानका लागि नगरपालिकाले पहल गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

संघर्ष समितिका संयोजक विरेन्द्र भट्ट र बजार व्यवस्थापन समितिका उपाध्यक्ष विजयसिंह नायकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा नगरपालिकाकातर्फबाट विद्युत जडानका लागि पहल गर्न आग्रह गरिएको छ ।

Bidyut line1690708682.jpg 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update