Sagun Khabar
दार्चुलाका पर्यटकीय क्षेत्र पाठ्यक्रममा समेटिए 

दार्चुला –पाठ्यक्रम विकास केन्द्रले सुदूरपश्चिमको पर्यटकीय स्थलहरुको शिर्षकमा दाुर्चलाको सिद्ध टोपी क्षेत्र र जगेनी जात्रालाई पाठ्यक्रमा समावेश गरेको छ । 

जिल्लाको दुहुँ गाउँपालिकाको सिद्ध टोपीको बारेमा कक्षा ६ को नेपाली विषयमा पाठ्यवस्तु बनाएर राखेको छ । त्यस्तै व्याँस गाउँपालिका–६ हुतीको ब्रह्मामाण्डौमा हुने जगेनी जात्रालाई कक्षा ४ को नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । सिद्ध टोपी सुदूरपश्चिम प्रदेशको पर्यटकीयस्थल हो । यो अपि नाम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्दछ । 

Atrya hospital

समुद्री सतहबाट ४ हजार फिट उचाईसम्म अवस्थित यो ठाउँबाट नेपाल लगायत भारतका विभिन्न शहरहरुको अवलोकन गर्न सकिन्छ ।  

सिद्ध टोपीमा तीन ओटा ठूला तालहरु छन् । तीनीहरुलाई ब्रह्म दह, पासा दह, र टोटी दह भन्ने गरिएको छ । यस्तै जगेनी जात्रा मंसिर र पुष महिनामा शुक्लपक्षदेखि तीन दिनसम्म मनाइने गरिन्छ । यो जात्रामा जुमा, धौलाकोट र हुतीका स्थानीय सहभागी हुने गर्छन् । 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update