Sagun Khabar
बैतडीको तडीगाउँ –कुर्कुट्या–रुइनीघाट सडकको सर्वे 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका भित्रको तडीगाउँ –कुर्कुट्या–रुइनीघाट जोड्ने सडक खण्डको सर्वे गरिएको  छ । शनिबार  सडक खण्डको सर्वे गरिएको  हो । 

गाउँपालिकाको वडा नं ३ तडीगाउँ खलापरीदेखि वडानं २ को कुर्कुट्या हुँदै रुइनीघाट सम्मको सडकको  निरीक्षण तथा सर्वे कार्य गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत सडक सर्वे कार्य गरिएको अध्यक्ष कुँवरले बताए । स्थानीयहरुको उपस्थितिमा सडक सर्वे गरिएको र यो महिनाको मसान्त सम्म बोलपत्र आह्वान गरि सडक निर्माण कार्य सुचारु गरिने अध्यक्ष कुँवरले बताए । 

विवाद रहित वाातावरणमा  सडक निर्माण कार्यलाई अघि बढाउन सडक सर्वे गरिएको सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेशबहादुर बिष्टले बताए । 

यो सडक निर्माण भएमा सुर्नया गाउँपालिका वडा नं ३ का बिजुल, वडा नं २ को कुर्कुट्या  लगायतका नागरिकलाई समेत सहज हुने स्थानीयबासिन्दा समेत रहेका राप्रपाका नेता देवबहादुर चन्दले बताए । 

डोडेश्वर मन्दिर सम्म जोड्ने हिसाबले निर्माण गरिने सडकका लागि अहिले १ करोड बजेट विनियोजन भइसकेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update