बाघ दिवसको अवसरमा बैतडीको रचना युवा क्लवले गर्याे वृक्षारोपण
बैतडी- बाघ दिवसको अवसरमा बैतडीमा वृक्षा रोपण गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ मा गठित रचना युवा क्लवले विश्व माघ दिवसमा अवसरमा शनिबार वृक्षा रोपण गरेको हो ।
वडाको मणिलेक मावि, शोभा मावि पित्तथला र वडा कार्यालयको परिसरमा वृक्षा रोपण गरिएको क्लवका अध्यक्ष प्रविन टेलरले जानकारी दिए । क्लवका पदाधिकारीहरुको सहभागितामा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपण गरिएका उनले बताए ।
आज विश्वभर बाघ दिवस मनाइकको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १६:४०
प्रतिक्रिया दिनुहोस्




