बैतडीका भट्ट एक महिना देखि बेपत्ता
बैतडी- बैतडीका एक पुरुष एक महिना देखि बेपत्ता रहेका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नं २ सेलि बस्ने ३८ वर्षिय हेमराज भट्ट विगत १ महिनादेखि बेपत्ता रहेका हुन् ।
आफन्त डम्बर दत्त भट्टका अनुसार उनी एक महिना बढी समय देखि सम्पर्क विहीन छन् । डडेल्धुराको एक डेरीमा काम गर्ने हेमराज जेठको अन्तिम साता भारत तिर जान्छु भनेर निस्केका थिए ।
सुस्त मनस्थिति भएका उनि घरबाट निस्के पछि भारतको बनबासामा एकजनाले देखेको तर त्यसपछि अहिले सम्म कुनै अत्तो पत्तो नलागेको आफन्त डम्बरले बताए ।
भट्टलाई कसैले देखे नजिकको प्रहरी अथवा ९८४१६९३८८०, ९७६५९१०२६४ र भारतका लागि ९१७६०७४१५९७९ नम्बरमा सम्पर्क गरि दिन आफन्तहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्




