Sagun Khabar
चुलो चौकोमा सिमित महिलाहरुलाई सिलाई कटाई तालिम

बैतडी- बैतडीको पञ्चेश्वरमा महिलाहरुलाई सिलाई कटाई तालिम दिन थालिएको छ। गाउँपालिकाको वडा नं १ मा महिलाहरुलाई सिलाई कटाई तालिम  दिन थालिएको हो ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने धेयले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष दिवान सार्कीले जानकारी दिए । वडाको बजेटबाट सिलाई कटाई  तालिम सञ्चालन गरिएको उनले बताए ।

गाउँसमाजमा पछाडि परेका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आफुले सिलाई कटाई  तालिमको अवधारणा अघि सारेको वडा अध्यक्ष सार्कीले बताए । ९ गते  देखि सञ्चालन भएको तालिममा ३० जना महिलाहरुको  सहभागिता रहेको बताइएको छ । 

एक सय २० दिन चल्ने तालिममा महिलाहरुलाई कपडा सिउने कला सिकाइदै छ । सिलाई कटाई पछि कुनै महिलाहरुले  व्यवसायिक रुपले काम गर्न चाहे वडाले सहयोग गर्ने वडा अध्यक्ष सार्कीको भनाई  छ ।

सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको  छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update