Sagun Khabar
महाकाली भन्सार कार्यालय झुलाघाटमा किन उठ्दैन लक्ष्य अनुसारको राजस्व ?

बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित  महाकाली भन्सार कार्यालयमा  लक्ष्य  अनुसारको राजस्व संकलन हुने गरेको छैन् । विगत तीन चार वर्ष देखि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिरहेको हो ।

निर्यात शून्य हुनु र आयात समेत घट्दै  गएकाले लक्ष्य अनुसारको राजस्व संकलन  हुन नसकेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा भन्सार कार्यालयले  ३८ लाख ८५ हजार  राजस्व संलनको  लक्ष्य राखेकोमा ३५ लाख ६८ हजार ९ सय २१ रुपैँया राजस्व संकलन  गरेको छ ।

Atrya hospital

गत आर्थिक वर्षमा भन्सार महशुलबाट २५ लाख ७१ हजार १ सय ६३, भन्सार सेवा दस्तुरबाट २ लाख ५५ हजार ९ सय ९२,  मुल्य अभिवृद्धिकर ७ लाख २० हजार ७ सय ९०, र अन्तरशुल्कबाट १० हजार ९ सय ७३ रुपैँया राजस्व संकलन भएको भन्सार कार्यालय प्रमुख झाले बताए ।

गत आर्थिक वर्षमा लक्ष्यको ९१ दशमलब ८९ प्रतिशत राजस्व संकलन गर्न सफल भएका उनले  बताए । गतविगतमा लक्ष्यको ७४÷७५ प्रतिशत मात्रै राजस्व संकलन हुने  गरेकोमा अहिले सुधार भएको  उनले  बताए । आर्थिक वर्ष २०७८÷७९ मा ४३ लाख राजस्व संकलनको लक्ष्य राखेको भन्सार कार्यालय झुलाघाटले २३ लाख मात्रै राजस्व संकलन गरेको थियो । 


आर्थिक वर्ष २०७८÷७९ मा भन्सार कार्यालय झुलाघाटले ४३लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ लाख ६६ हजार ८ सय९७ मात्रै संकलन गरेको  थियो । सीमा नाकाबाट आयात र निर्यातमा कमी आउँदा लक्ष्य अनुसार राजस्व संकलनमा समस्या भएको उनले बताए । झुलाघाट नाकाबाट अहिले निर्यात भने शून्य रहेको कार्यालय प्रमुख झाले बताए । 

भारतबाट आयात हुने सामग्री पनि हरेक बर्ष घट्दै गएको उनले बताए । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा यो नाकाबाट व्यापारिक प्रयोजनका लागि ल्याइने सामग्री पछिल्लो समय कम आयात हुन गरेको  छ । 

‘लक्ष्य प्राप्तीमा समस्या नै छ ,उताबाट सामान कम आउँछ, आएपनि घरायसी भनेर ल्याएका हुन्छन, घरायसीमा पनि कतिपय अवस्थामा काट्न मान्दैनन, ,सामान त आयो तर भन्सार तिर्ने मानसिकता भएन, विगत तीन चार वर्ष देखि लक्ष्य प्राप्त भएकै छैन्, लक्ष्यको सबै भन्दा बढि प्रतिशत यसपालिनै भएको हो , यो भन्दा अघिका आर्थिक वर्षहरुमा लक्ष्यको ७३÷७५ प्रतिशत मात्रै पुगेको देखिन्छ, भन्सार प्रमुख झाले भने ।’

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update