Sagun Khabar
पाँच दिन देखि सम्पर्क विहीन बैतडीका १४ वर्षिय किशोर अझै भेटिएनन्  

बैतडी- पाँच दिन देखि सम्पर्क विहीन बैतडीका एक १४ वर्षिय किशोर अझै  भेटिएका छैनन् । पाँच दिन पहिले  सम्पर्क  विहीन  भएका जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कनिना डङाका  १४ वर्षिय रमेश भट्ट  अहिले  सम्म  नभेटिएका आफन्त बिरेन्द्र भट्टले  बताए ।

उनका  अनुसार उनी आइतवार दिउँसोदेखि सम्पर्क विहीन छन् ।  सुस्त मनस्थिति भएका १४ वर्षका छोरा हराएपछि घर परिवारले खोज तलास गरिदिन प्रहरीमा निवेदन दिएको छ ।  

आफन्त तथा ईष्टमित्र सबै ठाउँमा खोजतलास गर्दा पनि रमेश कहिँ नभेटिएका बताइएको  छ । सम्पर्क विहीन भएका रमेशलाई देख्नेले स्थानीय प्रहरी तथा ९८६८७४४२६७ मा खबर गर्न आफन्तहरु  आग्रह गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update