Sagun Khabar
बैतडीको दनपा उपप्रमुख कौशीलाले राज्यबाट पाउने तलबभत्ता विद्यार्थीको पढाइमा लगाउने

बैतडी- बैतडीमा एक उपप्रमुखलले आफ्नो तलब भत्ता गरिब तथा जेहेन्दार छात्रा÷छात्रलाई प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने  बताएकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिकाकी उपमेयर कौशीला चन्दले आफ्नो तलबभत्ता  २२ जना गरिब तथा जेहेन्दार छात्रा÷छात्रलाई प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने बताएकी हुन् ।  

नगरपालिकाबाट मासिक रुपमा प्राप्त हुने रकम जम्मा गरेर पालिका भित्रका २२ जना छात्रा÷छात्रहरुलाई बार्षिक ५० हजारका दरले सहयोग गर्ने उनको भनाई  छ ।  दशरथचन्द नगरपालिकाको उपमेयरमा निर्वाचित भएको एक बर्षमा आफूले प्राप्त गरेको पारिश्रमिकबाट प्राविधिक शिक्षा पढ्न चाहने दलित र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्ने उपमेयर कौशीलाले  बताइन् ।

 प्राविधिक शिक्षा तर्फ ओभरसेयर, कृषि तथा पशु प्राविधिक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता बिषय पढ्ने विद्यार्थीलाई उक्त रकम प्रदान गरिने उनको  भनाई  छ ।  नेपाली  काँग्रेसबाट निर्वाचित उप मेयर चन्द आफ्नै गाडी चढ्ने गरेकी छन भने कुनै पनि निजी सुविधा लिएकी  छैनन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update