Sagun Khabar
बैतडीको श्रीकोट बहुमुखी क्याम्पसलाई  विद्यार्थीको ज्ञापन पत्र

गोविन्द पन्त-बैतडी-बैतडीको श्रीकोट बहुमुखी क्याम्पसलाई विद्यार्थीहरुले ज्ञापन पत्र बुझाएका छन्। जिल्लाको  दोगडाकेदार गाउँपालिका वडा नं३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसलाई विभिन्न १२ बुंँदे माग राख्दै मंगलबार  विद्यार्थीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।  

आफुहरुले  क्याम्पस सहप्रमुख नरेन्द्र पन्त र स्ववियु सभापति सम्भु गिरीलाई  ज्ञापन पत्र बुझाएका विद्यार्थी जनकसिंह भाटले  जानकारी दिए ।  क्याम्पसमा भएका विभिन्न समस्या सुधारका लागी ज्ञापन पत्र मार्फत विद्यार्थीहरुले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

 शैक्षिक गुणस्तरका लागि  नियमित अन्तरक्रिया कार्यक्रम संचालन गर्नु पर्ने,  खानेपानीको समस्या समाधानका लागि पहल चाल्नु पर्ने ,  पुस्तकालयमा पुस्तक उपलब्ध गराउनु पर्ने,  छात्रा विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्नु पर्ने, सूचना प्रवाहमा नियमित र इन्टरनेटको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु  ज्ञापन पत्रमा उल्लेख गरिएका  छन् ।

 ज्ञापन पत्र बुझाँउदै विद्यार्थी जनक भाटले  विद्यार्थीका माग तत्काल समाधान गर्न  स्वबियु सभापति र  क्याम्पस  प्रशासनलाई  आग्रह गरेक हुन् ।  विद्यार्थीका समस्या क्याम्पस प्रशासनले बुझनु पर्ने र क्याम्पस सुधारको लागि विद्यार्थी, अभिभाबक ,क्याम्पस प्रशासन, राजनीतिक दल एक ठाउँमा हुनुपर्ने उनको धारणा छ ।

यस्तै ज्ञापन पत्र बुझदै क्याम्पस सहप्रमुख  पन्तले  क्याम्पसमा नियमित रुपमा अन्तरक्रिया कार्यक्रम देखि शिक्षक र विद्यार्थी हरुको  अनिवार्य पोशाक गर्ने र पुस्तकालयमा पुस्तकको व्यस्थापन पनि चाँडै  गरिने  बताएका थिए ।  यस्तै स्ववियु  सभापति सम्भु गिरिले पनि विद्यार्थीका माग तत्काल समाधानको लागि पहल  चाल्ने प्रतिबद्धता जनाएका छन । विद्यार्थी भाट  मिडिया क्षेत्रमा समेत आवद्ध छन् । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update