Sagun Khabar
बैतडीमा  साढे २२ लाखका बाख्रा कहाँँ बाँडिए ?  

बैतडी- बैतडीमा साढे २२ लाखका बाख्रा वितरण भएका छन् । गत अर्थिक वर्षमा प्रदेश सरकारको  सहयोगमा  भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी मार्फत एकल महिलाहरुलाई साढे २२ लाखका बाख्रा वितरण भएका हुन् ।

 प्रदेशको भूमि,व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटबाट नौ पालिकाका एक ÷एक वडामा बाख्रा वितरण गरिएका  भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी दत्त पन्तले जानकारी दिए । 

Atrya hospital

प्रदेशबाट  २५ लाख बजेट प्राप्त भएकोमा डिलाशैनीमा जनप्रतिनिधिहरुले  कार्यान्वयन गर्न  नसक्दा बजेट फ्रिज गएको बताइएको छ । एक वडाका लागि २ लाख ५० हजार  बजेट बिनोयजन गरिएपनि डिलाशैनीमा कार्यान्वयन नहुँदा बजेट फ्रिज गएको भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख  पन्तले  उनले बताए । 

जिल्लाको  दशरथचन्द नगरपालिका वडा नं ३ मा १५ जना, पाटन नगरपालिका  वडा नं ३मा १५, मेलौली  नगरपालिका  वडा नं २ मा १६, पुर्चौडी नगरपालिका ७ मा १५ जना एकल महिलाहरुलाई बाख्रा वितरण गरिएका छन् । 
यस्तै सिगास गाउँपालिका  वडा नं २ मा १५,सुर्नया गाउँपालिका  २ मा १५, दोगडाकेदार  गाउँपालिका ५ मा २६, पञ्चेश्वर  गाउँपालिका वडा नं ४मा १९ र शिवनाथ गाउँपालिका वडा नं ४ मा १६  जना एकल महिलाहरुलाई एक÷एक बाख्रा वितरण गरिएका हुन् । जिल्लाका ८४ मध्ये नौ वडाका  १सय ५२ जना एकल महिलाहरुलाई २२ लाख ५० हजारका बाख्रा वितरण गरिएका हुन् । 

तीन वर्ष देखि एकल महिलाहरुलाई बाख्रा वितरण हुँदै आएको छ। तीन वर्षदेखि बाख्रा वितरण कार्यक्रमका लागि प्रदेश सरकारबाट प्रत्येक वर्ष बजेट प्राप्त हुने गरेको भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख पन्तले  बताए ।

एकल महिलाहरुको आय आर्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएका हुन् । आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्य बोकेर एकल महिलाहरुलाई  बाख्रा वितरण हुँदै आएका भएपनि बाख्रा खरिदमा बदमासि हुने गरेको युवाहरुको आरोप छ । 

एकल महिलाहरुलाई  बाख्रा वितरण गर्ने कार्यक्रम ठिक भएपनि कार्यान्वयन गर्ने पक्षहहरुको  बदमासिले  प्रभावकारी हुन सकेका छैनन् । राजनीतिक दलका टाठाबाँठा नेता कार्यकर्ता , कर्मचारी  र  जनप्रतिनिधिहरुको  मिलेमतोमा सस्तोमा बाख्रा खरिद गरेर  बजेट कुमल्याउने परिपाटि मौलाएको स्थानीय युवाहरुको आरोप छ ।    

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update