Sagun Khabar
बैतडीमा एक वडा अध्यक्षले रातारात कार्यालय अन्यत्र सारेपछि...

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा वडा अध्यक्षले कार्यालय अन्यत्र सारेपछि  नागरिकहरु आन्दोलित भएका छन् ।  जनताहरुलाइ कुनै जानकारी नगराएर वडा अध्यक्ष मदन राज अवस्थीले रातारात कार्यालय अन्यत्र सारेका हुन् ।

कार्यालय अन्यत्र सारिएपछि संघर्ष समिति गठन गरेर वडाबासी  आन्दोलित भएका हुन् । वडा कार्यालय  रहेको  पुरानो  ठाउँ लम्भ्वाबाट वडा अध्यक्षले आफु बस्ने ठाउँ नजिक शिवालय भन्ने स्थानमा वडा कार्यालय  स्थापना गरेका पूर्व वडा अध्यक्ष एवं संघर्ष समिति संयोजक जय बहादुर  कुँवरले जानकारी दिए ।

Atrya hospital

वडा अध्यक्षले साउन ४ गते राति वडा कार्यालय  सारेका बताइएको  छ ।   वडा अध्यक्षले वडा कार्यालय आफु बस्ने ठाउँ नजिक स्थापना  गरेपछि अहिले नागरिकहरु आन्दोलनमा उत्रिएका उनले  बताए । 

वडा अध्यक्षले मनोमानी ढंङ्गबाट कार्यालय सेवाग्रहीको  पहुँच भन्दा टाढा एकान्त कुनामा लगेपछि आफु अन्दोलित भएका स्थानीय रतन कुँवरले  बताए । वडाबासी र घरधनीलाइ समेत थाहा नगराएर  सार्वजनिक सूचना विना वडा अध्यक्षले कार्यालय  अन्यत्र सारेको  उनको  आरोप छ । अन्दोलित जनताहरुले  सबैको पाइक पर्ने स्थान खालिडाँडामा वडा कार्यालय  स्थापना हुनु पर्ने माग राखेका छन् । 

सेवाग्राहीलाई सहज हुने स्थान खालिडाँडामा  वडा कार्यालय  स्थापना  नभए थप संघर्षका कार्यक्रम गरिने आन्दोलनकारीको चेतावनी  छ । यता वडा अध्यक्ष अवस्थीले जनप्रतिनिधिहरुको बैठकबाट निर्णय गरेर वडा कार्यालय  सारेको  बताए  ।साविकको वडा कार्यालयमा  सेवा प्रवाह गर्न समस्या भएपछि  वडा कार्यालय प्रकृयागत हिसाबले  सारिएको  उनले  दाबी गरे ।

‘वडा कार्यालय  हामीले  सारेकै  हो, जनप्रतिनिधिको  बैठक बसेर निर्णय  गरेर  सारेका हौँ, गाउँपालिकालाई पनि जानकारी गराएका छौँ र साविकको वडा कार्यालयमा पनि सूचना गरेका हौँ,उनले  भने ।’ कार्यालयका काम अनलाइनबाट गर्नुे पर्ने र साविकको कार्यालय रहेको ठाउँ लम्भ्वामा नेट राम्रो नचल्ने र फोनलाई  समेत क्लियर  नआउने भएकाले नेट इन्टरनेट राम्रो संग चल्ने ठाउँमा वडा कार्यालय  प्रकिृयागत हिसाबले सारेको वडा अध्यक्ष अवस्थीले  बताए ।

 अहिले काम गर्न  सजिलोका लागि मात्रै वडा कार्यालय  सारिएको र  छिट्टै  जमिनको टुंङ्गो  लगाएर  सबै  वडाबासीको  पाइक पर्ने स्थानमा  वडा कार्याल भवन निर्माण गरेर  सेवा प्रवाह गरिने उनको  भनाई  छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update