कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बैतडी घर भएका कैदीबन्दीको मृत्यु
बैतडी- कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बैतडी घर भएका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ।चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० ११:०८
प्रतिक्रिया दिनुहोस्




