Sagun Khabar
पहिरोले घर पुरिँदा बैतडीमा आमा छोराको मृत्यु 

बैतडी- पहिरोले  घर पुरिँदा  बैतडीमा आमा छोराको  मृत्यु भएको छ । जिल्लाको  पुर्चाैडी नगरपालिका २  भैरु टोलमा पहिरोले घर पुरिँदा  आमाछोराको मृत्यु भएको हो ।

गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्ताजी २५ वर्षीया अञ्जु जागरी र करिब ५ वर्षका रिजन जागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीले  जनाएको   छ ।

यस्तै   मृतक अञ्जुका सासुआमा ४५ वर्षिया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक लोक राज जोशीले  जानकारी  दिए ।   सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षिया जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ ।  

प्रहरीका अनुसार   घरमा पूर्ण क्षति पुगेको छ भने  करिब एक दर्जन चौपायासमेत मरेका छन् । 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update