अछाममा मलामी   बोकेको ट्याक्टर  दुर्घटना, एक जनाको  मृत्यु, २३ घाइते 
                        
                        
                                                
                                            
                                                                    अछाम-अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्लाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पञ्चदेवल नगरपालिका ४ कै ६० बर्षिय जहरी कामीको लास लिएर घाट तर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
